
रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादी (एस) पार्टीको जीत भएको छ ।
मेयरमा नेकपा एसका भिखारीप्रसाद यादव ६ हजार ९९९ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्रकुमार सिंहले ३ हजार ७१७ मत र नेकपा एमालेका अंशु सिंहले १ हजार ३९७ मत ल्याएका छन् ।
उपप्रमुखमा नेकपा एसकी राजकुमारी देवी ६ हजार १६४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्चनाकुमारी यादवले ३ हजार ४९ मत र लोकतान्त्रिक समाजवादी पार्टीकी बबिता सिंहले १ हजार ५३५ मत ल्याएकी छन् ।