
भरतपुर महानगरपालिकामा आइतवार राति ९ बजेसम्ममा ३२ हजार २९३ मत गणना भएको छ ।
जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा अग्रता कायम गरिरहेकी छन् ।
दाहालले ११ हजार ९६६ मत पाएकी छन् । उनी सत्ता गठबन्धनको तर्फबाट मेयर पदमा उम्मेदवार बनेकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ९ हजार ६९९ मत पाएका छन् ।
जारी मतगणनामा दाहालले सुवेदीसँग २ हजार २६७ मतको अग्रता कायम राखेकी छन् ।
यस्तै नेपाली कांग्रेसबाट बागी उठेका मेयर पदका उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार २३५ मत ल्याएका छन् ।