२५ जेठ २०८३, सोमबार

पङ्खा नभएको भन्दै मतगणना स्थलबाट प्रतिनिधि निस्किएपछि

पङ्खा नभएको भन्दै मतगणना स्थलबाट प्रतिनिधि निस्किएपछि
फाइल तस्वीर

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ३ को मतगणना भइरहेका बेला पङ्खा नभएको भन्दै उम्मेदवारका प्रतिनिधि निस्किएपछि मतगणना स्थगित भएको छ ।

गणना भइरहेको  कोठामा पङ्खाले हावा फाल्न छाडेपछि 

यस्तो गर्मीमा गणना गर्न नसकिएको भन्दै उनीहरू गणना स्थलबाट बाहिर निस्किएका थिए । 

बिग्रिएको सो पङ्खा बनाउन प्राविधिक बोलाइएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले बताए ।

पङ्खा बनिसकेपछि छिट्टै मतगणना कार्य फेरि शुरू गरिने उनले बताए । 

३ नम्बर वडाको मत गणना मंगलवारदेखि चलेको थियो । अन्य कोठामा भने मतगणना भइरहेको छ । विराटनगर ७ मा रहेको आदर्श माध्यमिक विद्यालयका ९ वटा कक्षा कोठामा मतगणना भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्