३० जेठ २०८३, शनिबार

झापाका चार पालिकाको मत परिणाम सार्वजनिक, कुन पालिकामा को निर्वाचित ?

झापाका चार पालिकाको मत परिणाम सार्वजनिक, कुन पालिकामा को निर्वाचित ?

पन्ध्र वटा स्थानीय तह रहेको झापामा चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई स्थानीय तहमा जीत हासिल गरेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक स्थानीय तहमा जीत हासिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले झापाको बाह्रदशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जीत हासिल गरेको छ भने कनकाई नगरपालिकामा प्रमुख पद जीत हासिल गरेको छ । 

बाह्रदशी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट अध्यक्षमा देविन्द्र चम्लागाईं र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेलले जीत हासिल गरेका छन् ।

कनकाई नगर पालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमालेका तर्फबाट प्रमुखमा राजेन्द्रकुमार पोखरेल र  उपप्रमुखमा नेपाली कांग्रेसका तर्फबाट आशा शर्मा शिवाकोटीले जीत हासिल गरेका छन् ।

त्यस्तै हल्दीबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद राष्ट्रिय प्रजातन्त्र पार्टीले जीत हासिल गरेको छ । अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी देवी मैनालीले जीत हासिल गरे।

यता बाह्रदशी गाउँपालिकाकामा अध्यक्षमा देविन्द्रप्रसाद चम्लागाईं र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेलले जीत हासिल गरे ।

को कहाँ निर्वाचित भए ? 
कनकाई नगरपालिका

पराजेन्द्रकुमार पोखरेल– प्रमुख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
आशा शर्मा शिवाकोटी– उपप्रमुख, नेपाली कांग्रेस

बाह्रदशी गाउँपालिका 

देविन्द्रप्रसाद चम्लगाईं– अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
शान्ता देवी शिवाकोटी खरेल– उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

कचनकवल गाउँपालिका 

कालेन्द्रप्रसाद सिंह राजवंशी–अध्यक्ष, नेपाली कांग्रेस 
नवराज भट्टराई– उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

हल्दीबारी गाउँपालिका 

रवीन्द्रप्रसाद लिङ्देन– अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी 
लक्ष्मी देवी मैनाली– उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी 
 

salt training

कमेन्ट गर्नुहोस्