
काठमाडौं महानगरपालिकामा ५४ हजार ४८९ मत गणना भएको छ ।
जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले फराकिलो अग्रता लिएका छन् ।
बालेनले २० हजार ६७९ मतसहित अग्रता कायम राखेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार १०३ मत ल्याएका छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार १५ मत पाएकी छन् ।