२७ जेठ २०८३, बुधबार

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि भएको छ । 

गत वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो । 

गत वैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

२७ वाणिज्य बैंकहरूमध्ये १९ वटा वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने ८ वटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर ६.२३ प्रतिशत रहेको छ । 

त्यसैगरी २७ वटै वाणिज्य बैंकहरूको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १७.४३ प्रतिशतले वृद्धि भएको देखिन्छ । वैशाख मसान्तसम्मा वाणिज्य बैंकहरूसँग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रूपैयाँ पुगेको छ । 

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १८ वटा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशत भन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने राष्ट्र बैंकले तोकेको सीमाभित्र नै (८९.६५ प्रतिशत) रहेको छ । 

औसतमा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ ।

नेपालभर २१३ शाखा, १७० एटीएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करीब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको दाबी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्