२६ जेठ २०८३, मंगलबार

नवजोत सिंह सिद्धूले पाए १ वर्षको कैद सजाय

जेठ ५, २०७९
नवजोत सिंह सिद्धूले पाए १ वर्षको कैद सजाय

भारतको सर्वोच्च अदालतले कांग्रेसी नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्ध्रूलाई एक वर्षको कैद सजाय दिएको छ । 

सन् १९८८ मा भएको एक घटनामा सिद्धूलाई सजाय दिइएको हो । सिद्ध्रूले दुर्व्यवहार गरेकाले गुरनाम सिंह नामक व्यक्तिको मृत्यु भएको ठहर गर्दै अदालतले सजाय सुनाएको हो । 

सन् २०१८ मा सर्वोच्च अदालतले नै सिद्धूलाई सफाइ दिएको थियो । तर त्यस फैसलामा पुनरवलोकन गर्दै अदालतले कैद सजायको फैसला गरेको हो । 

अदालतको आदेशबमोजिम सिद्धूलाई पञ्जाब प्रहरीले हिरासतमा लिनेछ । 

यसअघि सिद्धूलाई एक हजार भारु तिराएर सफाइ दिइएको थियो । तर पीडित परिवारले पुनरवलोकनका लागि निवेदन दिएपछि अदालतले सिद्धूलाई कैद सजाय दिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्