
रूकुम पश्चिमीको मुसिकोट नगरपालिकामा कांग्रेस विजयी भएको छ ।
नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मतसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६ हजार ९०१ मत पाएका छन् । शर्माभन्दा १३ मत बढी ल्याएर केसी विजयी भएका छन् ।
उपमेयरमा एकीकृत समाजवादीका विमलकुमार पुनमगर ६ हजार १४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थलबहादुर ओलीले ५ हजार ९८५ मत पाएका छन् ।