२४ जेठ २०८३, आइतबार

काठमाडौंको मेयरमा मतान्तर बढाउँदै बालेन साह, कसको कति मत ?

काठमाडौंको मेयरमा मतान्तर बढाउँदै बालेन साह, कसको कति मत ?
फाइल फोटो

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।

शुक्रवार बिहानसम्म ७० हजार ५३५ मतगणना हुँदा साहले १२ हजार १५८ मतको अग्रता कायम गरेका छन् ।

ताजा मतपरिणाम अनुसार साहले २६ हजार ३८८ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १४ हजार २३० मत पाएका छन् ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १३ हजार २७८ मत पाएकी छन् । 

यसैगरी उपमेयरमा सुनिता डंगोलले अग्रतालाई कायमै राखेकी छन् । सुनिताले २६ हजार ३११ मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५२१ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्