×

NMB BANK
NIC ASIA

विराटनगर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् ।

Muktinath Bank

उनी ३० हजार १७० मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले उम्मेदवार सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी थापाले २१ हजार ४५५ मत पाएका छन् । 


Advertisment
Nabil box
Kumari

मेयरमै राप्रपाका प्रह्लादप्रसाद साहले ५ हजार २१६ मत पाएका छन् भने स्वतन्त्र उमेश यादवले ८ हजार ९९५ मत पाएका छन् । 

Vianet communication
Laxmi Bank

उपमेयरमा शिल्पा निरौला कार्की विजयी बनेकी छन् । गठबन्धनका उम्मेदवारलाई पछि पार्दै उनले जितेकी हुन् । 

शिल्पाले २५ हजार ६८० मत ल्याउँदा जसपाका अरमेन्द्र यादवले १४ हजार २१९ मत मात्रै ल्याएका छन् । राप्रपाकी बिन्दा आचार्य दाहालले ६ हजार ४०१ मतमा पाएकी छन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत पाएकी छन् । 

कोइराला परिवारमा विराटनगरको बागडोर

विराटनगरमा कोइराला परिवारले ३१ वर्षपछि मेयर पाएको छ । २०१४ सालमा केशवप्रसाद कोइरालाले विरानगरको मेयरमा जितेका थिए भने २०४९ सालमा अशोक कोइरालाले जितेका थिए ।

अशोक मेयर भएको ३१ वर्षपछि नागेशले कोइराला परिवारको विरासत फर्काएका छन् । ३ जना प्रधानमन्त्री बनाएको कोइराला निवासले तेस्रो मेयर बनाएको छ । 

तरुण दलदेखि मेयरसम्मको नागेशको यात्रा

विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक परिवारका सदस्य हुन् । उनको जन्म २०३० असार ३१ गते भएको हो । उनी ऋषिकेश कोइरालाका नाति र उमेश कोइरालाका छोरा हुन् ।

बीपी कोइराला र गिरिजाप्रसाद कोइराला परिवार भित्रैका नभए पनि उनीहरू नजिकका नातेदार हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला र नागेशबीच काका–भतिजाको सम्बन्ध छ । 

उनी अस्ट्रेलियामा पढेर नेपाल फर्किएका हुन् । तरुण दल मोरङको कोषाध्यक्ष भएपछि उनी सक्रिय राजनीतिमा आएका हुन् ।

तरुण दलमा आवद्धतापछि उनी नेपाली कांग्रेसको जिल्ला सचिव भए । अहिले उनी मोरङ कांग्रेसका उपसभापति छन् ।

कांग्रेसबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा लामो विवाद भएको थियो । विवादबीच शेखरले सभापति शेरबहादुर देउवासँग कुनै हालतमा नागेशले टिकट पाउनुपर्ने अड्डी कसेका थिए । शेखरकै अड्डीबीच डिला संग्रौला र अमृत अर्याल सहितका चर्चित नेतालाई पछि पार्दै नागेश मेयरको दौडमा निस्किएका हुन् ।

‘पहिलो निर्णयबाट नै कर घटाउँछु’

विराटनगर महानगरपालिकाको मेयरमा विजयी भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नागेश कोइरालाले  विराटनगरवासीले चाहेजस्तो विकासको काम गरेर अगाडि बढ्ने बताए । शिक्षा, स्वास्थ्य र सरसफाइलाई ध्यान दिएर आफूले काम गर्ने उनले बताए ।

उनले पार्टीको घोषणापत्र अनुसार काम गरेर देखाउने बताए । मेयर पदमा निर्वाचित भएपछि उनले सबैलाई करको दायरामा ल्याउँदै समयसापेक्ष कर निर्धारण गर्ने बताए ।

‘व्यापार व्यवसायमा अहिले बढेको कर घटाउने छु,’ उनले भने, ‘करको दायरा बढाउने छु ।’

‘नगरवासीहरूको हकहितको लागि विशेष काम गर्छु । बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउँछु,’ उनले भने, ‘विराटनगरलाई सफा, सुन्दर र सुरक्षित शहर बनाउने छु ।’

को हुन् उपमेयर शिल्पा ?

२०३५ सालमा जन्मेकी शिल्पाले विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा तय गरेकी हुन् । शिल्पाले घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्ष, लाइन्स क्लब तथा रोटरी क्लबको अध्यक्ष, जनपथ माविको विद्यालय व्यवस्थापन समिति, कोशी अञ्चल व्यवस्थापन समिति जस्ता संघसंस्थाको नेतृत्व गरेकी छन् । 

नेकपा एमाले विराटनगर महानगर कमिटी उपाध्यक्ष समेत रहेकी शिल्पा अखिल नेपाल महिला संघ विराटनगर महानगर कमिटी अध्यक्ष समेत हुन् । उनी ‘फेसन डिजाइनर’ समेत हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x