असार १२, २०७९
नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा श...
लघु जलविद्युत्को टवाईनका डिजाइनर एवम् निर्माता स्वर्गीय श्यामराज प्रधानको जीवनी ‘श्यामराज प्रधान : ढुंगाको कापबाट फक्रिएको फूल’ शुक्रबार विमोचन भएको छ ।
पुस्तक तथा वृत्तचित्रमार्फत स्वर्गीय प्रधानको जीवन भोगाइ, नवीकरणीय ऊर्जा प्रविधिको विकास एवम् प्रवद्र्धन र ग्रामीण ऊर्जा प्रविधिका क्षेत्रमा उनले पुर्याएको योगदानलगायतका विषय प्रस्तुत गरिएको छ । पत्रकार राजु श्रेष्ठद्वारा लिखित एवम् प्रधानले स्थापना गरेको नेपाल यन्त्रशाला इनर्जी प्रालिद्वारा प्रकाशित उक्त पुस्तक तथा वृत्तचित्र प्रधानकी श्रीमती बाबा प्रधानले लोकार्पण गरेकी हुन् ।
पुस्तकमाथि समीक्षा गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखेरेलले लघु जलविद्युत् र नवीकरणीय ऊर्जा प्रविधिका माध्यमबाट ग्रामीण क्षेत्रमा स्वर्गीय श्यामराज प्रधानको योगदानबारे चर्चा गरेका थिए । प्रधानले सामाजिक न्यायका लागि व्यवसायभन्दा पनि प्रविधिको प्रयोगलाई महत्व दिएको पोखरेलले बताए ।
नेपालको पहिलो लघु जलविद्युत् प्लान्ट स्थापना कार्यमा सहभागी प्रधानले ५० वर्षभन्दा बढी व्यावसायिक जीवनमा ४६ जिल्लामा २०० भन्दा बढी लघु जलविद्युत्को सर्वे, डिजाइन एवम् जडान गरेका थिए ।
त्यस्तै प्रधानले स्वीट्जरल्यान्डबाट सिकेको सीपलाई नेपालबाहेक श्रीलङ्का, केन्या, लाओसलगायतका देशका लघु जलविद्युत् टवाईन एवम् सीप विस्तार गरेका थिए । प्रधानले लघु जलविद्युत् टवाईनको विकास र प्रवद्र्धन गरेको प्रविधिका विषयमा नेपाल लघु जलविद्युत् विकास संस्थाका पूर्वअध्यक्ष सुरेन्द्रभक्त माथेमाले प्रकाश पारेका थिए । स्वर्गीय प्रधान नेपाली लघु जलविद्युत् क्षेत्रका गुरु रहेको माथेमाको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य श्रीकृष्ण उपाध्यायले ग्रामीण क्षेत्रमा लघु जलविद्युत् तथा सुधारिएको पानी घट्टमार्फत विद्युतीय ऊर्जा विस्तारमा प्रधानको योगदान उच्च रहेको बताए । सस्तो र सर्वसुलभ ऊर्जाको पहुँच विस्तारमा प्रधान रोल मोडल रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक डा. रामप्रसाद धितालको भनाइ छ ।
त्यस्तै नवीकरणीय परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधिको विकाससँगै सीप हस्तान्तरण र ग्रामीण विद्युतीकरणमा प्रधान मार्गदर्शक रहेको बताए ।
डा. प्रचण्ड प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक डा. नारायण अधिकारी, ऊर्जाविज्ञ डा. विश्वभूषण अमात्यलगायतले नवीकरणीय ऊर्जा प्रविधिको विकासमा स्वर्गीय प्रधानको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा स्वर्गीय प्रधानका छोरा विक्रमराज प्रधानले बाबुको नाममा फाउन्डेसन स्थापना गरी नवीकरणीय ऊर्जाको प्रविधि र जनशक्ति उत्पादनमा कार्य गर्ने तयारी भएको जानकारी दिए ।
सोही कार्यक्रममा स्वर्गीय प्रधानद्वारा स्थापित नेपाल यन्त्रशाला इनर्जीमा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।
नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा श...
काठमाडौं । लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम् अभिनेता ख...
काठमाडौंको किंग्स् कलेजले विद्यार्थीहरूमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उदेश्यका साथ शिल्पी थियटरमा ‘त्रयम्’ शिर्षकको नाटक मञ्चन गरिरहेको छ । यसै महिनाको २० गतेदेखि प्रदर्शनीमा रहेको उक्त नाट...
कवि राजन सिलवालको दोस्रो कृति बाको कोट लघु कथा सङ्ग्रह आज राजधानीमा विमोचन गरिएको छ । साहित्यकारहरू देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रुपमा सो कृति विमोचन ग...
समय त्यस्तै २०३२ सालको अन्त्यतिर हुनुपर्छ । बहिनीको विवाहको राति भागेको गोपाल पर्सिपल्ट त्रिशूली बजार पुग्यो । पढ्न हिँडेको थाहा भए पनि कता जाने थाहा थिएन उसलाई । यसो त प्रथम परीक्षा पास गर्नासाथ कथावाचक बन्न...
गजल–१ झरी झरी नभन् एक्दिन त्यही पानीले मार्छ जोगाउन सकिनस् भने आफ्नै जवानीले मार्छ मुटु पो दिईस् कलेजो त दिएको छैनस् नि ? मदिरा-मदिरा नभन् ,साला पिउ...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...