१२ असार २०८३, शुक्रबार

ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एक युवतीको मृत्यु

ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एक युवतीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज  भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो ।
 
पूर्वतर्फ गइरहेको से१त ६८२७ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००८ प १७८३ नंको स्कुटर एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा स्कुटर चालक कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
दुर्घटनामा स्कुटरको पछाडि सवार लम्कीचुहा नगरपालिकाका जमुना सिंह घाइते भएकी छन् । घाइतेको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई ट्र्याक्टरसहित नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्