
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैया बृद्धि गरेको छ । आइतवार रातिदेखि लागू हुनेगरी ग्यासको मूल्य बढाइएको हो । अब ग्यास प्रतिसिलिण्डर १८ सय रुपैया पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले खाना पकाउने ग्यासको मूल्यमा एकैपटक २ सय रुपैया बढाएको हो ।
निगमले ग्यासमा अझै ८ सय ७९ रुपैया घाटा रहेको दावी गरेको छ । निगमले पेट्रोलको मूल्य बढाएर प्रतिलिटर १८० पुर्याएको छ ।
हेर्नुहोस् निगमको सूचना
