०३ साउन २०८३, आइतबार

अमेरिकामा बच्चालाई खुवाउने धूलो दूधको अभाव, जर्मनीबाट विमानमा राखेर ल्याइयो

जेठ ९, २०७९
अमेरिकामा बच्चालाई खुवाउने धूलो दूधको अभाव, जर्मनीबाट विमानमा राखेर ल्याइयो

अमेरिकी सेनाले जर्मनीको रामस्टाइन एयरबेसबाट बच्चाले खुवाउने धूलो दूध विमानमा राखेर अमेरिका पुर्‍याएको छ । 

अमेरिकाका कृषिमन्त्री टम विल्साकका अनुसार, ३१ हजार ७५१ किलो स्विस नेस्ले धूलो दूध इन्डियानापोलिस ल्याइएको हो । अमेरिकामा धूलो दूधको चरम अभाव भएपछि बाइडन प्रशासनले दूध जुटाउनका लागि ल्याएको कार्यक्रम अपरेसन फ्लाई फर्मुलाअन्तर्गत दूध ओसारिएको हो । 

दूध आइपुगेपछि पत्रकारहरूसँग कुराकानी गर्दै विल्साकले यसबाट एक हप्ताका लागि नौ हजार शिशु र १८ हजार नवजातलाई खुराक पुग्ने बताए । अर्को साता ८ आउन्स परिमाणका १५ लाख बोतल आइपुग्ने अपेक्षा छ । 

धूलो दूधको अभाव पूर्तिका लागि अल्पकालीन रूपमा आयातलाई अनुमति दिने अमेरिकी नियामक संस्था फूड यान्ड ड्रग एडमिनिस्ट्रेसनले जनाएको छ । कोभिड महामारीपछि शुरू भएको आपूर्ति शृंखला समस्याका साथै अमेरिकामा धूलो दूधको सबभन्दा ठूलो उत्पादक एबोट ल्याबमा ब्याक्टेरिया संक्रमण भएपछि दूधको अभाव भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्