२६ जेठ २०८३, मंगलबार

कमल थापाले भने- स्थानीय निर्वाचनमा गरिएको सहकार्य एमालेको उदासीनताले परिणाममुखी हुन सकेन

कमल थापाले भने- स्थानीय निर्वाचनमा गरिएको सहकार्य एमालेको उदासीनताले परिणाममुखी हुन सकेन

राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौंमा बसेको छ । 

बैठकमा अध्यक्ष कमल थापाले ‘पार्टीको भावी कार्य दिशा र कार्यक्रम’सम्बन्धी प्रतिवेदन पेश गरेका छन् । 

प्रतिवेदनमा थापाले पार्टी पुनर्जागृत भएको तीन महिनाभित्र प्राप्त उपलब्धिहरू उत्साहवर्द्धक रहेको समेत दाबी गरेका छन् । 

यस्तै उनले स्थानीय चुनावमा एमालेसँगको सहकार्य व्यवहारिक र रणनीतिकरुपमा ठीक भए पनि एमालेको उदासीनताले अपेक्षाकृत परिणाममुखी हुन नसकेको प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्