०५ साउन २०८३, मंगलबार

ललितपुर महानगरमा चिरिबाबुले राखे फराकिलो मतान्तरसहितको अग्रता, अब कति छ गन्न बाँकी ?

ललितपुर महानगरमा चिरिबाबुले राखे फराकिलो मतान्तरसहितको अग्रता, अब कति छ गन्न बाँकी ?

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् ।

मंगलवार बिहानसम्ममा ७९ हजार ८६३ मत गणना गर्दा महर्जनले ३९ हजार ३३२ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३९२ मत ल्याएका छन् भने राप्रपाका अष्ट महर्जनले ५ हजार २७६ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी मञ्जली शाक्यले २३ हजार ७९१ मतसहित अग्रता कायम राखेकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बाबुराम बज्रराचार्यले १७ हजार २६३ मत पाएका छन् । 

उम्मेदवार नभएको रुख चिन्हमा भने १० हजार ८०७ मत प्राप्त भएको छ । 

महानगरमा जम्मा ८६ हजार ५४० मत खसेको थियो । अब ६ हजार ६७७ मत गन्न बाँकी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्