अमेरिकाको ओरेगन विश्वविद्यालयका अनुसन्धाताहरूले मानसिक स्वास्थ्यमा स्मार्टफोनले पार्ने असरका बारेमा अध्ययन गरिरहेका छन् ।
अध्ययनमा उनीहरूले गूगलको हेल्थ स्टडीज याप उपयोग गरेका छन् ।
मानिसहरूले फोनको प्रयोग कसरी गरिरहेका छन् र त्यसले उनीहरूको स्वास्थ्यमा कस्तो असर पारिरहेको छ बुझ्ने लक्ष्य अध्ययनले लिएको छ ।
यस्तै किसिमका अन्य अध्ययनले छुटाएका कुराहरू यापमार्फत गरिएको अध्ययनबाट पत्ता लाग्ने आशा अनुसन्धाताहरूले लिएका छन् । स्क्रीन हेर्न बिताइएको समयले निद्रालाई कस्तो असर गर्छ भनी अध्ययन गरिँदैछ ।
यस अध्ययनमा व्यक्तिको फोन उपयोग तथा स्वास्थ्य संरचनालाई चार हप्तासम्म ट्य्राक गर्नेछ । यो याप प्लेस्टोरमा शुक्रवारबाट उपलब्ध हुनेछ ।