२५ जेठ २०८३, सोमबार

इब्राहिमोविच आठ महिना मैदान बाहिर

जेठ १२, २०७९
इब्राहिमोविच आठ महिना मैदान बाहिर

इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविच करिब आठ महिना मैदान बाहिर रहने भएका छन् ।

घुँडाको चोटको शल्यक्रिया गरेपछि इब्राहिमोविच आठ महिना मैदान बाहिर रहने भएका हुन् ।

सिरी ए च्याम्पियन मिलानले एक विज्ञप्ति निकाल्दै इब्राहिमोविच ७ देखि ८ महिना मैदान बाहिर रहने जनाएको छ ।

उनको बायाँ घुँडाको चोटको सफल शल्यक्रिया गरिएको मिलानले जनाएको छ ।

स्विडेनका ४० वर्षीय स्ट्राइकरले मिलानलाई यस सिजन लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।   

मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्