०७ असार २०८३, आइतबार

लमजुङका आठ पालिका प्रमुखमा पुरुष मात्रै

लमजुङका आठ पालिका प्रमुखमा पुरुष मात्रै

लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख पदमा पुरुष निर्वाचित हुँदा महिला नेतृत्व शून्य भएको हो ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा एउटा मात्र दूधपोखरी गाउँपालिकामा महिला प्रमुख निर्वाचित भएका थिए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बेँसीशहर नगरपालिकामा मङ्गोल अर्गनाइजेशन नेशनलले प्रमुख पदमा कुलुकुमारी गुरुङलाई उम्मेदवार बनाएको थियो ।

उनी निर्वाचनमा पराजित भए। नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत ठूला दलले प्रमुख पदमा महिला उम्मेदवार नबनाउँदा महिला सहभागिता शून्य हुन पुगेको हो । 

जिल्ला सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिका उपप्रमुखमा एमालेबाट पदमा गुरुङ,  सुन्दरबजार नगरपालिका उपप्रमुखमा भवानी केसी, मध्यनेपालमा सीता गुरुङ, क्व्होलासोगर गाउँपालिका उपाध्यक्षमा गमी गुरुङ र मर्स्याङ्दी गाउँपालिका उपाध्यक्षमा जुनामाया थापा निर्वाचित भएका छन्।

एमालेले आठवटै पालिकामा उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदवार बनाएको थियो । पहिलो स्थानीय तह निर्वाचनमा जिल्लामा एक पालिका प्रमुख र चार उपप्रमुखमा महिला निर्वाचित भएका थिए । रासस

कमेन्ट गर्नुहोस्