१० असार २०८३, बुधबार

मनाङमा ६० जनाको आँखाको शल्यक्रिया

मनाङमा ६० जनाको आँखाको शल्यक्रिया
प्रतिकात्मक तस्वीर

हिमाली जिल्ला मनाङमा ६० जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

तेजकोलिन एन्ड रोहित फाउन्डेसन र जिल्लास्थित सामुदायिक आँखा अस्पतालको आयोजनामा सदरमुकाम चामेमा सञ्चालित शिविरमा ६० जनाको शल्यक्रिया गरिएको हो । 

विकट क्षेत्रका वासिन्दालाई आँखाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको तिलगंगा आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत खेम लामाले बताए । उनका अनुसार विकट तथा ग्रामीण क्षेत्रका बालबालिका र ज्येष्ठ नागरिकलाई  आँखाको उपचारका लागि सम्बन्धित स्थलसम्म पुग्न कठिन भएकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गरिएको हो । 

तिलगंगा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. सन्दुक रोहितको संयोजकत्वमा ८ चकित्सक टोलीले शल्यक्रियासहितको सेवा प्रवाह गरेकोे थियो । हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाको नार र फु गाउँका ज्येष्ठ नागरिक तथा बालबालिका शिविरमा सहभागी थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्