२८ जेठ २०८३, बिहीबार

तिलोत्तमामा ३ हजार १३ मत गणना गर्न बाँकी हुँदा कांग्रेसका खाँण ८४५ मतले अगाडि

तिलोत्तमामा ३ हजार १३ मत गणना गर्न बाँकी हुँदा कांग्रेसका खाँण ८४५ मतले अगाडि

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाँणले निरन्तर अग्रता लिएका छन् । 

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका खाँण ८४५ मतान्तरले अगाडि छन् ।

खाँणले २३ हजार ३२२ मत पाउँदा एमालेका मोहन चापागाईंले २२ हजार ४७७ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।

उपप्रमुखमा शुरूदेखि नै एमालेकी उम्मेदवार जागेश्वरीदेवी चौधरी अगाडि छन् । उनले २२ हजार १६ मत प्राप्त गर्दै माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेलाई दोब्बर मतान्तरले पछाडि पारेकी छन् । पाण्डेले ११ हजार २६ मत ल्याएका छन् ।

तिलोत्तमामा जम्मा ६४ हजार मत खसेकोमा हालसम्म ६१ हजार ७१५ मत गणना भएको छ । अब ७, ८ र ९ नम्बर वडाको मतगणना जारी छ । अब ३ हजार १३ मत गणना गर्न मात्र बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्