०९ साउन २०८३, शनिबार

प्रतिनिधि सभा बैठक आज पनि, नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रतिनिधि सभा बैठक आज पनि, नीति तथा कार्यक्रममाथि छलफल हुने

संघीय संसदको प्रतिनिधि सभा बैठक शुक्रवार (आज) पनि बस्दैछ । 

आज बिहान ११ बजे बस्ने बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए । 

गत जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 

सोही नीति तथा कार्यक्रममाथि छलफल आज पनि हुन लागेको हो । 

सरकारल आगामी आइतवार (पर्सी) आगामी आर्थिक वर्ष २०७९/८०को बजेट संसदमा पेस गर्दैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्