काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएपछि बालेन्द्र साह (बालेन)ले शुक्रवार धन्यवाद र्याली गरेका छन् । उनी काँधमा राष्ट्रिय झण्डा र शिरमा कालो भादगाउँले टोपी लगाएर र्यालीमा निस्किएका हुन् । झण्डा र टोपी समर्थकले उनलाई लगाइदिएका हुन् ।
मतदातालाई धन्यवाद दिन काठमाडौंका विभिन्न ठाउँमा र्याली गरिएको छ ।
मेयर साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउन लागिपर्ने उद्घोष पनि गरेका छन् ।




