
नेकपा एमालेकी सांसद नबीना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ऋण दिने कुरा सरकारको नीति तथा कार्यक्रममा किन नआएको भनेर प्रश्न गरेकी छिन् ।
प्रतिनिधि सभामा सरकारका नीति तथा कार्यक्रम माथिको जवाफ पछि प्रधानमन्त्री शेरबहादुर देउवालाई पुरक प्रश्न गर्दै एमाले सांसद लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ऋण दिने कार्यक्रमबारे प्रश्न गरेकी हुन् ।
उनले सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नभएको बारे पनि प्रश्न गरेकी छिन् । ‘पारदर्शी र सुशासनको कुरा भनिरहँदा यसअघिको सबै सरकारले मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए, यो सरकारले किन गर्न सकेन ?’ लामाले प्रश्न गरिन ।
लामाले सरकारले शान्तिपूर्ण रुपमा चुनाव भएको भनिएपनि उदयपुर, ताप्लेजुङ र रुकुममा तीन जनाको हत्या किन भयो भनेर प्रश्न गरिन ।