११ असार २०८३, बिहीबार

किसानलाई धानको बीउको पिरोलो

किसानलाई धानको बीउको पिरोलो

 महोत्तरीमा धानको बीउ अभाव भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् । 

“आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला रु”अहिले यहाँका आम किसान यस्तै भन्छन् ।  भङ्गाहा–४ का किसान मोहन खाँ थारुले समयसमयमा परेको पानीले माटोमा धुले बीउ राख्ने चिस्यान पर्याप्त भए पनि बीउको टुङ्गो नहुँदा किसान रनभूल्ल परेको बताए । 

जिल्लाको मुख्य फसल धान लगाउने टुङ्गो नभएपछि किसान घरगुजाराको चिन्ताले पिरोलिएका छन् । पहिले पहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिकन बीउकै लागि बजारको मुख ताक्नु परेको किसानको भनाइ छ ।  

  स्थानीयतहमा रहेका कृषि केन्द्र र उपकेन्द्रमा कार्यरत कृषि प्राविधिक र कर्मचारीले आफूहरु स्थानीयतहको नेतृत्वबाट उपेक्षित भएको गुनासो गरेका छन् । आफूहरुसँग कृषिसम्बन्धी कुनै परामर्श लिने वा योजना बनाउने काममा सहभागिता नखोजिएको कृषि प्राविधिक र कर्मचारीको आम गुनासो छ । 

salt training

कमेन्ट गर्नुहोस्