
नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरको अध्यक्षमा चिराग गोयल चयन भएका छन् ।
शुक्रवार भएको चौथो वार्षिक साधारण सभाले गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा इमिडेट पास्ट प्रेसिडेन्ड निरज कर्माचार्यसहित प्रथम उपाध्यक्षमा प्रार्थना साखा र द्वितीय उपाध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् ।

त्यस्तै आप्पा शेर्पा, क्षितिज तामाङ, इच्छा मल्ल, रसना श्रेष्ठ, निर्देश द्वा, निषित मित्तल र अनुभव श्रेष्ठ कार्यसमिति सदस्यमा चयन भएका छन् ।
अध्यक्ष गोयलले युवा युद्यमीहरूलाई एकीकृत भई एकअर्कामा सहयोग जुटाउन सहज हुने बताए । साथै युवा उद्यमीहरूको समस्यालाई उजागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य महासंघसँग मिलेर काम गर्ने, नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि सहयोग गर्ने प्रतिबद्धता उनले गरेका छन् ।
साधारण सभा मेरियट होटलमा गरिएको थियो ।