०६ साउन २०८३, बुधबार

मेयरको शपथलगत्तै बालेन किन पुगे जंगीअड्डा ?

मेयरको शपथलगत्तै बालेन किन पुगे जंगीअड्डा ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । 

मेयरको शपथ लिएर कार्यभार सम्हालेसँगै सैनिक मुख्यालय जंगीअड्डा पुगेर उनले प्रधानसेनापति शर्मासँग भेट गरेका हुन् । 

भेटमा मेयर साहले विपत व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । 

साथै प्रधानसेनापति शर्माले मेयर साहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

कमेन्ट गर्नुहोस्