१० असार २०८३, बुधबार

मकैबालीमा फौजी किराको प्रकोप

मकैबालीमा फौजी किराको प्रकोप
प्रतिकात्मक तस्वीर

सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ ।

जिल्लाको उत्तर–पूर्वमा अवस्थित नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरू चिन्तित बनेका छन् । उनीहरूका अनुसार २ हप्ताहदेखि मकैका बोट तथा बिरुवाको पातमा फौजी किराले नष्ट गर्न थालेको हो ।

सप्तकोसी–१० का विनोद पण्डितले भने, ‘किसानले लगाएका मकैका बिरुवाको पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थालेका छन् ।’

नगरपालिकाको वडा नम्बर १ फत्तेपुर, वडा नम्बर २ पर्सा, वडा नम्बर ३ सखुबनी, वडा नम्बर ४ बलार्दह र वडा नम्बर ५ गंगाजली क्षेत्रमा फौजी किराको बढी प्रकोप देखिएको छ ।

कृषि प्राविधिकको सल्लाहअनुसार आफूहरूले विभिन्न कीटनाशक औषधि प्रयोग गरे पनि प्रकोप नियन्त्रणमा आउन नकसेको वडा नम्बर १ का राजकुमार चौधरीले बताए ।

हुर्कंदै गरेको मकैमा किरा लागेर मेलैसँग मकैको बोट नै नष्ट गरेको बताउँँदै रामकृष्ण चौधरीले मौसम पनि ठिकै भएकाले बाली राम्रो होला भन्ठानेकामा किरा लागेर सबै बोट सखाप हुन लागेको गुनासो गरे । ११ वडा रहेको नगरपालिकाका सबैजसो वडामा लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको स्थानीय किसानले जानकारी दिए ।

विगत केही वर्षयता नगरपालिका क्षेत्रमा फौजी किराको समस्या देखिएको हो । समस्या सामाधानका लागि नगरपालिका, कृषि शाखा लगायत सम्बन्धित निकायबाट उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्