१२ असार २०८३, शुक्रबार

प्रदीप न्यौपाने एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय सचिवमा चयन

प्रदीप न्यौपाने एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय सचिवमा चयन
फाइल फोटो

उदीयमान युवा व्यवसायी प्रदीप न्यौपाने एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय सचिवमा चयन भएका छन् ।

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय कमिटीको पहिलो भर्चुअल बैठकले एनआरएनए चीनका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेलाई एसिया प्यासिफिक क्षेत्रको सचिवमा चयन गरेको हो ।

बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ, डीपी कं‌डेल, महिला सचिव टीका गुरुङ (राधिका), एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल, एसिया प्यासिफिक उपसंयोजक नवीन बिक, दीपक कंडेल, दधिवल खड्कालगायत आईसीसी सदस्य र राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो ।

एनआरएनए एशिया प्यासिफिक संयोजक पारसमणि पोखरेलले सञ्चालन गरेको बैठकले विभिन्न ५ बुँदामा छलफल तथा निर्णय गरेको छ ।

बैठकले आठौं क्षेत्रीय सम्मेलन अगस्ट २६ देखि २८ सम्म थाइल्यान्डमा गर्ने, एनआरएनए ग्लोबल स्पिच कन्टेस्टलाई निरन्तरता दिने, एमआईएस सिस्टमलाई भरपर्दो बनाइ सदस्यता खोल्ने निर्णय गरेको छ ।

त्यसैक्रममा गैर आवासीय नेपाली संघको विधानअनुसार एसिया प्यासिफिक क्षेत्रीय सचिवमा एनआरएनए चाइनाबाट प्रतिनिधित्व गर्दै आएका आईसीसी सदस्य प्रदीप न्यौपानेलाई नियुक्त गरिएको हो ।

बैठकमा प्रदेशस्तरीय भलिबल प्रतियोगितामा एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय कमिटीको सहभागिताका विषयमा पनि छलफल भएको थियो ।​

को हुन् प्रदीप न्यौपाने ?

लामो समयदेखि चीनलाई कर्मभूमि बनाउँदै आएका न्यौपाने एनआरएनए चीनका पूर्व अध्यक्ष समेत हुन् ।

एशिया प्यासिफिक क्षेत्रबाट सञ्चालित एनआरएनए ग्लोबल स्पिच कन्टेस्टलगायत संगठनात्मक गतिविधि र कार्यक्रममा न्यौपानेको उल्लेख्य योगदान रहँदै आएको छ ।

पछिल्लो समय नेपालको खेल क्षेत्रमा एकछत्र राज गर्दै आएको केल्मी ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता कामरु ट्रेडिङका प्रबन्ध निर्देशक समेत रहेका न्यौपानेले कोभिड महामारीका समयमा चीनसहित विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री सहयोग नेपाल भित्र्याउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।


salt training

कमेन्ट गर्नुहोस्