२५ असार २०८३, बिहीबार

बजेटले बढाउन सकेन शेयर बजार, गत वर्षको न्यूनतम अंकभन्दा तल झर्‍यो

बजेटले बढाउन सकेन शेयर बजार, गत वर्षको न्यूनतम अंकभन्दा तल झर्‍यो

शेयर बजार आगामी आर्थिक वर्षको बजेटले पनि बढाउन सकेन ।

बजेट आएपछिको दुई दिनसम्म लगातार शेयर बजार घटिरहेको छ ।

सोमवार ५० अंकले घटेको शेयर बजार मंगलबार पनि ३५.५३ अंकले घटेर २१ सय ३७.९२ विन्दुमा आइपुगेको छ । 

बजेटपछि लगातार घटेको शेयर बजारले लगानीकर्तालाई उत्साहित बनाउन नसकेको देखिएको छ ।

पछिल्लो समय बजेट आउनु अघिको दुई दिन अघि १२ जेठबाट घट्न थालेको शेयर बजार मंगलवारसम्म आइपुग्दा करीब एक सय अंकले घटेको छ ।

अघिल्लो वर्ष भदौमा ३२ सय अंक पुगेको शेयर बजार गत वर्षको मौद्रिक नीतिपछि पुससम्म लगातार घटेको थियो । 

गत वर्ष १६ पुसमा २२ सय ८१ मा झरेर पुनः बढ्न थालेको शेयर बजार अहिले त्यो भन्दा पनि कम अंकमा पुगेको छ ।

पछिल्लो समय २८ वैशाखमा २३ सय ६९ अंकमा पुगेको शेयर बजार फेरि घटेर मंगलवार २१ सय ३७ अंकमा झरेको छ । यो पछिल्लो एक वर्षको तुलनामा सबैभन्दा कम हो ।

मंगलवारको शेयर बजारमा उपकार लघुवित्तले सबैभन्दा बढी ८.२३ प्रतिशतले कमाएको छ । आज कमाउनेमा सामलिङ पावर कम्पनी, लाइफ इन्स्योरेन्स कम्पनी, शिवश्री हाइड्रो बलेफी पावरसहितका कम्पनी छन् ।

बजार घटेको दिन सबैभन्दा बढी गुमाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंकका शेयरधनीले ९.९८ प्रतिशतले गुमाएका छन् ।

आज गुमाउनेमा एनएलजी इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्ससहितका कम्पनीका लगानीकर्ताले अधिकतम ६.५० प्रतिशतले गुमाएका छन् ।   

 
 

salt training

कमेन्ट गर्नुहोस्