१६ असार २०८३, मंगलबार

केजरीवाल सरकारका मन्त्री सत्येन्द्रकी पत्नी र छोरीको खातामा करोडौं अवैध रकम, यसरी हुँदैछ छानबिन

जेठ २४, २०७९
केजरीवाल सरकारका मन्त्री सत्येन्द्रकी पत्नी र छोरीको खातामा करोडौं अवैध रकम, यसरी हुँदैछ छानबिन

भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका मन्त्री सत्येन्द्र जैनकी पत्नी र छोरीहरूका बैंक खातामा करोडौं अवैध रकम फेला परेको छ ।

भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले मन्त्री जैनलाई पक्राउ गरेर मनी लन्ड्रिङ मुद्दामा छानबिन गरिरहेको छ ।

केन्द्रीय जाँच ब्यूरो (सीबीआई) र ईडीलाई गुम्राहमा राख्न मन्त्री जैनले पत्नी र छोरीहरूलाई प्रयोग गरेको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनकी पत्नी पुनम र छोरीहरू सौम्या र श्रेयाले कम्पनीसँगको कारोबारको आडमा करोडौं रुपैयाँ लाभ लिएका छन् । जैन परिवारको दिल्लीका ४ कम्पनीमा नियन्त्रण र हिस्सेदारी थियो ।

ईडीले घोटालाबारे छानबिन गरिरहेको छ । मन्त्री जैन पक्राउ गरेपछि उनले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय यतिबेला उपमुख्यमन्त्री मनोज सिसोदियाले सम्हालेका छन् । 

केजरीवाल भ्रष्टाचार विरोधी अभियन्ताको रूपमा भारतीय राजनीतिमा उदाएका थिए तर अहिले उनकै मन्त्री आर्थिक घोटालामा मुछिन थालेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्