
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साविकको (नेपाल खाद्य संस्थान)ले अधिकृतस्तरको (प्रशासन, तह–६ खुलातर्फको) लिखित परीक्षा गरेको चार वर्षपछि रद्द गरेको छ ।
लोकसेवाले २०७५ चैत २६ र २७ उक्त पदको परीक्षा लिएको थियो ।
कम्पनीले विज्ञापन नम्बर २१/०७५–७६ अधिकृत, प्रशासन, तह–६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जनाएको हो ।
सर्वोच्चको फैसला र लोकसेवा आयोगको पत्र अनुसार कम्पनीले गरेको जनाएको छ ।
सर्वोच्च अदालतले २०७७ फागुन १० र लोकसेवा आयोगले २०७८ पुस २६ गतेको निर्णय अनुसार परीक्षा भएको थियो ।