×

NMB BANK
NIC ASIA

गुप्तचरीमा ठूलो चुक

युक्रेनको युद्ध नीतिबारे अमेरिका नै गुमराहमा, गुप्तचरमाथि दोष थोपरेर पन्छिन खोज्दै बाइडन

जेठ २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी संस्थापन पक्षको भित्री कुराको जानकारी राख्ने भनी विश्वास गरिएको पत्रिका द न्युयोर्क टाइम्समा बुधवार छापिएको एक खबरले अमेरिकी गुप्तचर निकाय कति निकम्मा छ भन्ने पुष्टि गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

जुलियन ई बार्न्सले लेखेको ‘यूएस ल्याक्स ए क्लीयर पिक्चर अफ युक्रेन्स वार स्ट्राटेजी, अफिसियल्स से’ शीर्षकको समाचारमा अमेरिकी गुप्तचर निकायहरूसँग युक्रेनमा भइरहेको सैन्य कारवाहीको बारेमा पर्याप्त सूचना नरहेको बरू रुसी सेनाका कारवाही तथा सफलता र असफलताको जानकारी रहेको बहालवाला तथा पूर्व अधिकारीहरूले बताएको भनी उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसमा थप लेखिएको छ, ‘अमेरिकी सरकारलाई सूचनाको अभाव भएकाले युक्रेनलाई अर्बौं डलर बराबरको सैन्य सहायता उपलब्ध गराउनुपर्दा कस्तो लक्ष्य राखेर उक्त सहायता दिने भनी अप्ठ्यारो परेको छ ।’


Advertisment
Nabil box
Kumari

भनाइको मतलब, युक्रेन सरकारले अमेरिकालाई आफ्नो सैन्य रणनीतिका विषयमा स्पष्ट नबताउने गरेको छ । अमेरिकालाई अर्बौं डलरको हतियार दिनका लागि अनुरोध गर्ने तर ती हतियारहरू कुन प्रयोजनमा कसरी प्रयोग भइरहेका छन् भन्ने सत्यतथ्य जानकारी नदिने काम युक्रेनले गरिरहेको छ । 

Vianet communication
Laxmi Bank

यस क्रममा अर्बौं डलरको चलखेल भइरहेको छ तर त्यसको वाञ्छित परिणाम आइरहेको छैन । अमेरिकाले गरेको सहयोगको सही परिणाम आउने हो भने अहिलेसम्म रुसी सेना युद्धमोर्चाबाट पलायन भइसक्नुपर्ने थियो । 

अमेरिकी गुप्तचर निकायको अक्षमतालाई पनि युक्रेन युद्धले थप उजागर गरेको छ । हुँदै नभएको आमविनाशकारी हतियार सद्दाम हुसेनसँग छ अनि सद्दामको सम्बन्ध अलकायदाका नेता ओसामा बिन लादेनसँग छ भन्ने गुप्तचर सूचनाका आधारमा अमेरिकाले इराक आक्रमण गरेको थियो । 

पछि ती दुवै सूचना पूरै झूटो साबित भएका थिए । त्यस्तो गुप्तचर निकायको योग्यतामा कसरी विश्वास गर्न सकिन्थ्यो र ?

युक्रेनका विषयमा गुप्तचरी विफल भएको भन्दै गत मे महिनामा अमेरिकी गुप्तचर निकायले बृहत् समीक्षा शुरू गरेको छ । रुसले आक्रमण गरेको खण्डमा युक्रेनी सेनाले कति समयसम्म प्रतिकार गर्न सक्छन् भन्ने विषयमा अमेरिकी गुप्तचरहरूले सही आकलन गर्न नसकेकाले कहाँनिर चुक भयो भनी समीक्षा गर्न खोजिएको हो । 

अफगानिस्तानमा पनि तालिबानको द्रुत गतिको विजय आकलन गर्न नसकेको विषयलाई समीक्षा गरिनेछ । यसका लागि अमेरिकी संसद् सिनेटको इन्टेलिजेन्स कमिटीले अफिस अफ द डाइरेक्टर अफ नेसनल इन्टेलिजेन्स, रक्षा मन्त्रालय र सीआईएलाई पत्र पठाएको छ । 

युक्रेनमा भारी हतियार चलाउन सक्षम मानिस छन् कि छैनन् भन्ने थाहा नपाइकनै अमेरिकाले हतियार पठाउन लागेको छ । अनि ती भारी हातहतियार युद्धभूमिमा तैनाथ गर्न मिल्छ कि मिल्दैन भनेर पनि अमेरिकाले पर्याप्त अध्ययन गरेको छैन

न्युयोर्क टाइम्सको यस समाचारबाट के अर्थ लगाउन सकिन्छ भने अमेरिकाले युक्रेनमा चलाएको प्रोक्सी युद्धमा बिस्तारै हार स्वीकार गर्न थालेको छ । अहिलेसम्म रुसको हारिरहेको झूटो तस्वीर प्रस्तुत गरेर पश्चिमी जनतालाई मूर्ख बनाइरहेको भए पनि अमेरिकाले वास्तविकतालाई बेमनले स्वीकार गर्न थालेको छ । त्यस हारलाई ढाकछोप गर्न अमेरिकाले गुप्तचर निकायको असफलताको भाष्य निर्माण गर्न खोजिरहेको देखिन्छ । 

अमेरिकाको युद्धपरस्त परराष्ट्रनीतिलाई मन नपराउने स्वतन्त्र विश्लेषकहरूको नजरमा अमेरिकाले रुसका बारेमा कहिले पनि स्पष्ट चित्र बनाउन सकेको छैन । रुसले युक्रेनमा चलाएको विशेष सैन्य कारवाहीको प्रकृतिलाई अमेरिकाले कहिले पनि बुझ्न कोशिश गरेन अनि युक्रेनको झूटो प्रचारबाजीलाई ब्रह्मवाक्य ठानेर स्वीकार गरिरह्यो । युक्रेनको भनाइलाई आफ्नो गुप्तचर निकायमार्फत स्वतन्त्र पुष्टि गर्ने जमर्को अमेरिकाले गर्दै गरेन ।

अमेरिकाका स्वतन्त्र सैन्य विश्लेषक ल्यारी जोनसनका अनुसार, अमेरिकी गुप्तचरहरूले युक्रेनमा कम्तीमा नौवटा प्रश्नको उत्तर खोज्न सक्नुपर्थ्यो । 

पहिलो, युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की, उनको मन्त्रिपरिषद् तथा उनका सल्लाहकारहरूको योजना तथा उद्देश्यको सूचना अमेरिकाले किन संकलन नगरेको हो ?

युक्रेनको रक्षा मन्त्रालयले युद्धको कस्तो योजना बनाएको छ अनि त्यस योजनालाई कसरी कार्यान्वयन गरिरहेको छ ?

युक्रेनी सेनाको कमान्ड संरचना कस्तो किसिमको छ ?

युक्रेनका विशेष ठाउँमा कुन सैन्य इकाइहरू तैनाथ गरिएका छन् ?

ती इकाइहरूमा पर्याप्त जनशक्ति र हातहतियार छन् ?

रुसीहरूसँगको भिडन्तमा युक्रेनी सैन्य इकाइहरूले कस्तो क्षति बेहोरेका छन् ?

युक्रेनका सशस्त्र इकाइहरूले कस्तो प्रदर्शन गरेका छन् र कस्तो किसिमको क्षति बेहोरेका छन् ?

के युक्रेनको क्षेप्यास्त्र हतियारहरू साबुतै छन् र रुसी सैन्य इकाइमाथि प्रभावकारी आक्रमण गर्न सकिरहेका छन् ?

युक्रेनी वायुसेवा युक्रेनको हवाईक्षेत्रमा रुसको नियन्त्रणलाई चुनौती दिन सक्षम छ ?

यी प्रश्नहरूको सन्तोषजनक उत्तर नखोजी युक्रेनलाई हातहतियार उपलब्ध गराउनु बाइडन प्रशासनको घोर अक्षमता भएको जोनसनको निष्कर्ष छ । त्यस निष्कर्षलाई न्युयोर्क टाइम्सको रिपोर्टले पुष्टि पनि गरेको छ । 

त्यसमा रिपोर्टमा उल्लेख गरिएअनुसार, युक्रेनको सैन्य रणनीति तथा परिस्थितिको पूर्ण चित्र प्राप्त नगरिकन बाइडन प्रशासनले उसलाई रकेट आर्टिलरी सिस्टम जस्ता नयाँ हतियार उपलब्ध गराएको छ । युक्रेनको पूर्वी भागमा रहेको डोनबास क्षेत्रमा दुवै पक्षले भारी क्षति बेहोरिरहँदा युक्रेन पश्चिममा पाइने शक्तिशाली हतियारको प्रतीक्षा गरिरहेको छ ।

यसबाट के स्पष्ट हुन्छ भने युक्रेनमा भारी हतियार चलाउन सक्षम मानिस छन् कि छैनन् भन्ने थाहा नपाइकनै अमेरिकाले हतियार पठाउन लागेको छ । अनि ती भारी हातहतियार युद्धभूमिमा तैनाथ गर्न मिल्छ कि मिल्दैन भनेर पनि अमेरिकाले पर्याप्त अध्ययन गरेको छैन । 

यस्तो अध्ययन गुप्तचर निकायले गरेर सरकारलाई ब्रीफिङ गर्ने हो । तर ती निकायका अधिकारीहरू कि त अक्षम छन् कि सत्यतथ्य बताउन डराउँछन् । 

त्यसो त अमेरिकाले अहिलेसम्म लडेका सबै प्रमुख युद्धहरू हारेको इतिहास रहेकाले गुप्तचर निकाय मात्र नभई सम्पूर्ण प्रशासनिक संयन्त्र नै अक्षम रहेको पुष्टि हुन्छ । अफगानिस्तान र इराक जस्ता साना शक्तिहरूविरुद्धको युद्धमा पनि अमेरिका विजयी भएन भने रुस जस्तो सैन्य महाशक्तिलाई हराउन सकिन्छ भन्ने भ्रम अमेरिकाले फैलाउनु हास्यास्पद देखिन्छ । 

यसरी युक्रेनविरुद्ध रुसले चलाएको विशेष सैन्य कारवाहीका विषयमा अमेरिकाले बनाएको गलत भाष्य चकनाचुर भइसकेको छ । अमेरिकाको बेइज्जतीपूर्ण हारलाई कसरी छविमा दाग नलाग्ने गरी प्रस्तुत गर्ने भनी शाब्दिक अभ्यास भइरहेको न्युयोर्क टाइम्सको समाचारले संकेत दिन्छ । बाइडन प्रशासन गुप्तचर निकायमाथि दोष थोपरेर पानीमाथिको ओभानो बन्ने कोशिश गरिरहेको छ । 

स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिए पनि यस युद्धमा युक्रेनका ५१ हजारभन्दा बढी सैनिक मारिइसकेको र ६० हजारभन्दा बढी सैनिक युद्धभूमि छोडेर भागिसकेको बताइन्छ । त्यसका साथै पश्चिमले उपलब्ध गराएको हातहतियार पनि धेरै प्रभावकारी नरहेको स्पष्ट हुन्छ । 

रुसले पनि धनजनको उल्लेख्य क्षति बेहोर्नुपरेको छ र उसका उच्च दर्जाका अधिकृतहरू पनि मारिएका छन् तर रुसले युक्रेनको २० प्रतिशत भूमि आफ्नो नियन्त्रणमा लिन सफल भइसकेको छ । 

युद्ध १०६ दिनमा आइपुग्दा डोनबास क्षेत्रको सेभेरोडोनेत्स्कलाई कब्जामा लिनका लागि रुसी र युक्रेनी सैनिकहरूबीच भीषण लडाइँ चलिरहेको छ । उक्त शहरको अधिकांश भाग रुसको नियन्त्रणमा पुगेको लुगान्स्कका गभर्नर सर्ही हाइदाइको भनाइ छ ।

रणनीतिक रूपमा महत्त्वपूर्ण सेभेरोडोनेत्स्क र लिसिचान्स्क शहरमा रुसको पूर्ण नियन्त्रण कायम भएमा युक्रेनले लुगान्स्क क्षेत्र पूरै गुमाउनेछ । युक्रेनका लागि त्यो अपूरणीय क्षति हुनेछ । अमेरिकी गुप्तचर निकायले युक्रेनलाई पुग्ने उक्त क्षतिको आकलन गर्नै सकेन । 

रणनीतिक रूपमा महत्त्वपूर्ण सेभेरोडोनेत्स्क र लिसिचान्स्क शहरमा रुसको पूर्ण नियन्त्रण कायम भएमा युक्रेनले लुगान्स्क क्षेत्र पूरै गुमाउनेछ । युक्रेनका लागि त्यो अपूरणीय क्षति हुनेछ । अमेरिकी गुप्तचर निकायले युक्रेनलाई पुग्ने उक्त क्षतिको आकलन गर्नै सकेन । 

त्यसो त यो युद्ध लम्ब्याइरहँदा अमेरिकाको हतियार उद्योगलाई फाइदा पुगिरहेको छ । अमेरिकी प्रशासन हतियार कम्पनीहरूको मुट्ठीमा रहेको सर्वविदितै छ । युक्रेनलाई हतियार पठाउने नाममा अमेरिकी सरकारले हतियार कम्पनीहरूसँग भारी मात्रामा हतियार किनिरहेको छ । 

त्यसैले हतियार उद्योगको स्वार्थ पूरा भइसकेकाले गुप्तचर निकायको असफलताको बहाना देखाएर अमेरिका यस युद्धबाट निस्कन खोजेको हुन सक्छ । त्यसका साथै अमेरिकी धनाढ्यहरूको सम्पत्ति शुद्धीकरणका लागि पनि युक्रेन युद्ध राम्रो बहाना बनेको छ र त्यो काम पनि पूरा भइसकेको हुन सक्छ । 

त्यसैले संस्थापन पक्षसँग निकट रहेको न्युयोर्क टाइम्समा गुप्तचर निकायको असफलताको खबर छपाएर बाइडन प्रशासनले अमेरिकाको अर्को हारलाई पाच्य रूपमा प्रस्तुत गर्न खोजेको निष्कर्ष निकाल्न सकिन्छ । रुसले युद्ध हारिरहेको छ भन्दै झूटो प्रचारबाजी गर्ने पश्चिमका मूलधारे सञ्चारमाध्यमहरूले अहिले आएर वास्तविकता बताउन थालेको पनि यसबाट स्पष्ट हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x