२६ जेठ २०८३, मंगलबार

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

बीमाको पहुँच गाउँसम्म पुर्‍याउन अजोड इन्स्योरेन्स लिमिटेड र धनुषाको बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ ।

बिहीवार भएको सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र गाउँपालिकाको तर्फबाट अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गरेका छन् । 

सम्झौतापश्चात बीमाको पहुँच ग्रामिण स्तरसम्म पुर्‍याउने र बीमा व्यवसायलाई सरल र प्रभावकारी बनाई बीमा व्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने सम्झौता भएको इन्स्योरेन्सले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्