
अनलाइन खेल पब्जीका कारण कतिपय युवामा मानसिक समस्या देखिँदै गएको छ । यस्तै घटना भारतको लखनऊमा भएको छ ।
पब्जीको लतमा फसेका १६ वर्षीय किशोरले आमाको हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ती किशोरका युवा सैनिक सेवामा कार्यरत छन् । ती किशोरका उनका बुवाले भने, ‘मलाई पहिल्यै थाहा भइसकेको थियो कि छोराको हर्कत ठीक छैन, ऊ जुनसुकै बेला पनि आमालाई मार्न सक्छ । त्यसैले म तुरुन्तै लखनऊ आउन चाहन्थे तर बिदा मिलेन । घरमा बिजुलीको बिलको सूचना आएको थियो र लाइन काटिएको थियो । जसले गर्दा पत्नी धेरै हैरान थिइन् ।’
उनको छोरा दिनभरि मोबाइलमै व्यस्त रहने भएकाले आमासँग विवाद हुने गरेको उनले बताए । उनले भने, ‘मैले पनि छोरासँग फोनमा कुरा गरेको थिएँ, आमासँग झगडा नगर्न भनेको थिएँ । आमाको भनेको मान्नु भनेको थिएँ तर उसले केही जवाफ दिएन । यसरी नै कुराकानी हुने क्रममा एकदिन उसले भन्यो – म आमालाई मारिदिन्छु, मलाई धेरै रिस आउँछ ।’
पब्जीको लतमा फसेका ती किशोरले अन्ततः आमालाई नै मारिदिएको समाचारमा उल्लेख छ ।