१० असार २०८३, बुधबार

काठमाडौंमा मेयरको उम्मेदवार बन्न नपाएका रामवीरले सभामुखमार्फत सरकारसँग गरे पद अफर !

काठमाडौंमा मेयरको उम्मेदवार बन्न नपाएका रामवीरले सभामुखमार्फत सरकारसँग गरे पद अफर !

काठमाडौंको ७ नम्बर निर्वाचन क्षेत्रका नेकपा एमालेका सांसद रामवीर मानन्धरले फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन गरेर त्यसको जिम्मा आफूलाई दिन माग गरेका छन् ।

आफूले मेयरको उम्मेदवार बन्ने आकांक्षा राखे पनि त्यो अवसर नपाएको भन्दै उनले आफ्नै नेतृत्वमा संसदीय समिति गठन गर्न माग गरेका हुन् ।

‘महानगरको उम्मेदवारको आकांक्षा गरेको थिएँ तर पाइनँ । काठमाडौं अस्तव्यस्त र ध्वस्त भइरहेको छ । सभामुखमार्फत सरकारलाई मेरो आग्रह – फोहोर व्यवस्थापन संसदीय समिति बनोस् भन्ने मेरो माग छ,’ शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद मानन्धरले भने, ‘निर्वाचन सकिएको १ महिना फोहोर व्यवस्थापन गर्न इच्छाशक्ति भएको मान्छे चाहिन्छ, त्यो भनेको म नै हो ।’

मानन्धरले यसो भनिरहँदा सांसदहरू हाँसेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्