
अनेरास्ववियु रुपन्देहीले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको मुल्यवृद्धिको विरुद्धमा जिल्लाका विभिन्न ठाउँमा १ घण्टा चक्काजाम गरेको छ ।
अनेरास्ववियु रुपन्देहीको योजनामा बुटवलको मिलनचोक, भैरहवा, सैनामैना, देवदह लगायतका स्थानमा १ घण्टा चक्काजाम गरी आन्दोलन गरिएको हो ।
पटक पटक पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि गरेको विरुद्ध चक्काजाम गरिएको बताउदै अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले सरकारले पेट्रोलियम पदार्थमा लिदै आएको कर छुट गरी जनतालाई राहत दिन माग गरेका थिए ।
बुटवलको मिलनचोकको आन्दोलनमा अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारी, जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेल लगायतले बोलेका थिए ।
यस्तै सैनामैनामा केन्द्रीय सदस्य सिमा घिमिरे, जिल्ला कोषाध्यक्ष सुमित सापकोटा, देवदहमा केन्द्रीय सदस्य कृष्ण पौडेल, जिल्ला सहसचिव अर्जुन गैरे भैरहवामा केन्द्रीय सदस्य सरोज ठकुरी, जिल्ला सहसचिव भिम भण्डारी लगायतले बोलेका थिए ।