१५ असार २०८३, सोमबार

सामाजिक सञ्जालमा अश्लिल भिडियो राख्ने २ जना पक्राउ

सामाजिक सञ्जालमा अश्लिल भिडियो राख्ने २ जना पक्राउ

नाबालिकाको फोटो इडिट गरेर अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने १ जना पक्राउ परेका छन् ।

 साइबर ब्यूरोको टोलीले फोटोबाट अश्लिल भिडियो बनाएर आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोपमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–६ चोच्छेका २० वर्षीय विकेश सोजुँलाई पक्राउ गरेको हो । 

ब्यूरोका सहनिर्देशक नविन्द अर्यालका अनुसार उनलाई जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर उनलाई धुलिखेलबाट पक्राउ परेका थिए ।

५ दिनको म्याद थप गरेर उनलाई विद्युतीय कारोवार ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ ।

 यस्तै समाजिक सञ्जालमा फोटो दुरुपयोग गरे अपाच्य क्याप्सन राखेर चरित्र हत्या गर्ने अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरील खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ घर भई काठमाडौंको बालाजु बस्ने २० वर्षीय भोजकुमारी दाहाललाई बालाजुबाट पक्राउ गरेको एसएसपी अर्यालले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्