२४ जेठ २०८३, आइतबार

बेपत्ता युवकको शव इनारमा फेला

बेपत्ता युवकको शव इनारमा फेला

कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ ।

तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो । 

श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायव निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।

उनका अनुसार कहारको शव परीक्षणका लागि शिवराज अस्पताल पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्