१० असार २०८३, बुधबार

बिहे गरेपछि आलिया काममै व्यस्त, रणवीर भन्छन्:  विवाह भएजस्तै लागेको छैन

जेठ ३०, २०७९
बिहे गरेपछि आलिया काममै व्यस्त, रणवीर भन्छन्:  विवाह भएजस्तै लागेको छैन

बलिउड अभिनेता रणवीर कपूर र आलिया भाटले गत अप्रिलमा विवाह गरे । 

करीब ५ वर्षसम्म प्रेम सम्बन्धलाई उनीहरूले विवाहको रुप दिएका हुन् । 

रणवीरले आलियासँग विहे गरेसँगै आफ्नो जीवनमा त्यस्तो बदलाव नआएको बताएका छन् । 

भारतीय सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा उनले विगत ५ वर्षदेखि आलियासँग आफू नजिक नै रहेकाले अहिले पनि त्यस्तो फरक नपरेको सुनाए । 

उनले विवाहको अघिल्लो दिन पनि आफूहरू काम गरिरहेको समेत बताए । 

आलिया पनि विवाहअघि चलचित्रको शुटिङमै व्यस्त थिइन् । 

अहिले आलिया लण्डनमा एक चलचित्रको शुटिङमा व्यस्त छिन् ।

आलिया उताबाट फर्किएपछि आफ्नो चलचित्र ‘शमशेरा’ रिलिज हुने रणवीरले बताएका छन् । 

उनले कुराकानीकै शिलशिलामा अहिलेसम्म हाम्रो विवाह भएको जस्तो महशुस नभएको समेत सुनाएका छन्  ।

salt training

कमेन्ट गर्नुहोस्