काठमाडौँ, २० पुस -ऊर्जामन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यका सहित पोखरालाई पनि लोडसेडिङमुक्त बनाइएको घोषणा गरेका छन्, आजको गोरखापत्रमा खबर छ ।

देशका प्रमुख स्थानलाई अन्धकारमुक्त बनाउने योजना अनुरुप काठमाडाै पछि पोखरा र पूर्वी नेपालका केही स्थानमा नियमित बिद्युत् आपूर्ति भैरहेको जानकारी दिंदै ऊर्जा मन्त्री शर्माले मङ्गलवार आयोजित एक कार्यक्रममा भने , देशलाई उज्यालो पार्ने काममा ऊर्जा मन्त्रालय लागीरहेको छ, यसमा आम नागरिक, उद्योगी व्यवसायी सबैले सहयोग गर्न जरुरी छ।
विगतको नेतृत्वले लोडसेडिङको तालिका मात्र प्रकाशमा ल्याउने कामभित्र “धेरै कुरा लुकेर” बसेको भन्दै उनले हिजोको लुकेको कुरालाई आफुले उजागर मात्र गरेको र आम नागरिकले त्यसका बारेमा यथेष्ट जानकारी पाउन सफल भएको दावी गरे ।