
नेपाली बजारमा सोमवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
आइतवार यस्तो सुन प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतवार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।