भालुवाङ, ६ साउन– दाङको राप्ती गाउँपालिका–१ आपखोली खोलामा बिहीबार राति स्कुटी दुर्घटना हुँदा दुईजनाको मृत्यु ।
सडकबाट खोलामा खस्दा स्कुटीमा सवार दुईजनाकै मृत्यु भएको हो । दुर्घटना राति भएपनि प्रहरीले भने शुक्रवार विहान मात्रे थाहा पायो ।
भालुवाङबाट प्यूठान जादै गरेको लु ३२ प ९४८ नम्बरको स्कुटी गयराति दुर्घटना हुदाँ प्यूठान नगरपालिका ४ का २८ वर्षीय सुशील गैरे र प्यूठान नगरपालिका ५ का २१ वर्षीय कविराम भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।