२९ जेठ २०८३, शुक्रबार

बागमती नदीको बहाव सतर्कता तहमा, अन्य नदीहरूमा पनि बहाव बढ्न सक्ने

बागमती नदीको बहाव सतर्कता तहमा, अन्य नदीहरूमा पनि बहाव बढ्न सक्ने

बागमती नदीको बहाव सतर्कता तह पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बहाव सतर्कता तह आसपास पुगेर अहिले घट्दो क्रममा रहेको हो । 

जल सतक उल्लेख्य रुपमा बढ्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह समेत गरेको छ । 

आज (बुधवार) प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका तराई तथा मध्य पहाडी भूभाग भई बहने नदीहरूमा बहाव बढ्न विभागले जनाएको छ । 

विभागको बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै सो क्षेत्रमा आकस्मिक बहाव समेत हुन सक्ने बताएको छ । 

महाशाखाले बाढीको वहाव बढ्न सक्ने सो क्षेत्रमा सतर्कता अपनाउन समेत भनेको छ । 

यस्तै महाशाखाले आगामी ३ दिनसम्म प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तल रहने बताएको छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्