२४ जेठ २०८३, आइतबार

सम्बन्ध सुमधुर नरहेको चर्चाबीच जितुलाई दीपकराजले दिए जन्मदिनको शुभकामना, भने- प्रेम उस्तै छ

सम्बन्ध सुमधुर नरहेको चर्चाबीच जितुलाई दीपकराजले दिए जन्मदिनको शुभकामना, भने- प्रेम उस्तै छ

लेखक एवं अभिनेता दीपकराज गिरी र जितु नेपालबीच पछिल्लो समय सम्बन्ध सुमधुर नरहेको चर्चा सुनिन्छ । यद्यपि यी दुईले एकअर्कालाई सामाजिक सञ्जालमा शुभकामनाका शब्दहरू भने खर्चिरहेका हुन्छन् ।

बुधबार अभिनेता जितु नेपालले आफ्नो जन्मदिन मनाइरहेका छन् । जन्मदिनको अवसरमा दीपकराजले सँगैको अलि पुरानो तस्वीर फेसबुकमा राख्दै शुभकामना दिएका छन्,  ‘धेरै शब्दहरू खर्चिने सोचेको थिएँ तर यो फोटोले मेरा शब्दहरूलाई आफैं सम्पादन गरिदियो । समय बदलियो होला, परिस्थिति बदलियो होला तर प्रेम उस्तै छ । प्रिय मित्र जितु नेपाल जन्मदिनको हार्दिक शुभकामना ।’

जितुले अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलालाई ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट हटाएर करिश्मा मानन्धरलाई राखेपछि दीपकराजसँग सम्बन्ध सुमधुर नरहेको बताइन्छ । 

उक्त समय दीपकराज र दीपाश्री दुवैले जितुसँग असन्तुष्टि पनि जनाएका थिए । 

दीपकराजले  ‘छक्का पञ्जा’टीमको नयाँ चलचित्रमा जितु नहुने संकेत पनि गरिसकेका छन् । यता जितुले पनि यतिबेला अरू ब्यानरको चलचित्रमा अभिनय गरिसकेका छन् । 

अब उनीहरूको सम्बन्धमा साँच्चिकै हार्दिकता पलाएको हो वा देखावटी रुपमा मात्रै हो ? त्यो भने समयले नै बताउला ।

salt training

कमेन्ट गर्नुहोस्