०५ साउन २०८३, मंगलबार

बिमला वलीको घटनाबारे छानबिन गर्न लुम्बिनी सरकारले बनायो कार्यदल

बिमला वलीको घटनाबारे छानबिन गर्न लुम्बिनी सरकारले बनायो कार्यदल

महिला र बालिका कुटपिट गरेपछि प्रहरीको नियन्त्रणमा रहेकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीको घटनाबारे सत्यतथ्य छानबिन गर्न लुम्बिनी सरकारले कार्यदल बनाएको छ । 

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाइएको हो । बुधवार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी छन् । 

दाङ तुलसीपुर–४ स्थित वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी मीना भण्डारी र छोरीलाई कुटपिट गरेपछि वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको अहिले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीविरुद्ध प्रहरीमा अभद्र व्यवहारको उजुरी पनि परेको छ । 

त्यस्तै बैठकले प्रदेश राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृत प्रदान गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृतिका पेशका लागि स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्