२६ जेठ २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४
फाइल फोटो

सुदूरपश्चिम प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको बुधवारको बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/८० को लागि आय–व्ययको विवरण सार्वजनिक गरेका हुन् ।

सुदूरपश्चिमको बजेटमध्ये चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६४ हजार रुपैयाँ र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ छ । यस्तो बजेटमा चालू खर्च ३३.४६ प्रतिशत र पुँजीगत खर्च ६५.७४ प्रतिशत छ ।

सुदूरपश्चिम सरकारले ल्याएको बजेटको स्रोतमा राजस्वबाट २ अर्ब रुपैयाँ, चालू आर्थिक वर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँटबापत प्राप्त हुने ९ अर्ब ६० करोड रुपैयाँ छ ।

संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान बापतको  ९ अर्ब २० करोड रुपैयाँ, सशर्त अनुदानको ६ अर्ब रुपैयाँ र संघीय रोयल्टीबाट ४ करोड २८ लाख रुपैयाँ प्राप्त हुने गरी बजेट तय भएको छ ।

संघबाट प्राप्त हुने रकममा अन्तरसरकारी वित्त हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४० लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३० करोड राखेर सुदूरपश्चिम प्रदेशले बजेट बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्