
सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा ‘एजेन्सी रिफ्रेस्मेन्ट’ तथा उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
करिब २०० भन्दा बढी अभिकर्ताहरू सहभागी कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरूको उत्साहजनक सहभगिता रहेको थियो ।
प्रदेश प्रमुख, किरण गौतम ज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनी लगायतले आफ्ना सफलताका शुत्रहरू अभिकर्ताहरू माझ साटेका थिए ।
सूर्या लाइफको “मेरो पहिलो पोलिसी” अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत खड्काले सम्मान गरे ।
साथै उनले उपस्थित अभिकर्ताहरूलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिए । बीमितहरूको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य बृद्धि हुने उनले बताए । ।