२४ जेठ २०८३, आइतबार

६ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै भीमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा

६ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै भीमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा

झापाको कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध ६ करोड २४ लाख ६ रूपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । 

गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

२०७३ असोज २१ गते राजपत्रअनंकित प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका भण्डारीले २०७७ साउन १ गतेमा स्वेच्छिक अवकाश लिएका थिए ।

आयोगका अनुसार सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्तसम्मलाई जाँच अवधि कायम गरी आयव्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधिअघिको बचत) समेत गरी जम्मा २६ लाख ६१ हजार ६३६ रुपैयाँ आयआर्जन गरेको देखिन्छ । 

खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको हो । 

उनको कुल आय आर्जन र उनले गरेको कुल खर्च तथा लगानी (व्यय) घटाउँदा हुन आउने ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ  बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको अभियोगपत्रमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्