१२ साउन २०८३, मंगलबार

दिल्लीमा फेरि कोरोना संक्रमण ह्वात्तै बढ्यो, १ संक्रमितको मृत्यु

दिल्लीमा फेरि कोरोना संक्रमण ह्वात्तै बढ्यो, १ संक्रमितको मृत्यु
प्रतिकात्मक तस्वीर

भारतको राजधानी दिल्लीमा फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । 

पछिल्लो २४ घण्टामा १ हजार ७९७ जनामा संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

परीक्षण गरिएकामध्ये ८.१८% व्यक्तिमा संक्रमण पुष्टि भएको छ । बिहीवार दिल्लीमा १ हजार ३२३ जनामा संक्रमण पुष्टि भएको थियो ।

दिल्लीमा सक्रिय संक्रमितको संख्या ४ हजार ८४३ रहेको छ । अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको जनाइएको छ । कोरोनाबाट १ जनाको मृत्यु समेत भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्